१० बैशाख, काठमाण्डौँ । पछिल्लो समय ओली सरकारले ल्याएको दुई अध्यादेश प्रति लक्षित गर्दे समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केपि ओलीलाई प्रधानमन्त्री पदबाट पदमुक्त गर्नुपर्ने अभिव्यक्ति दिनुभएको छ ।
पछिल्लो समय सरकारले ल्याएका दुई अध्यादेशप्रति लक्षित गरेर प्रधानमन्त्री ओलीको कडा रुपमा विरोध गर्नुभएको हो । उहाँले वर्तमान प्रधानमन्त्री ओलीलाई तत्काल हटाउनुको विकल्प नभएको भन्दै यसको लागि अभियाननै सुरु गर्नुपर्नेपनि बताउनु भएको छ ।
आफ्नो आधिकारी ट्विटरमार्फत ट्विट गर्दे पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले प्रधानमन्त्री ओलीमाथि यस्तो तितो अभिव्यक्ति दिनुभएको छ । नेता भट्टराईले ट्विटरमा लेख्नुभएको छ, “ओलीतन्त्रविरूद्ध नागरिक सचेतना र प्रतिरोध स्तुत्य छ । तर कवि शीरोमणि भन्छन्न, मूर्खका मनमा अर्ती गाली तुल्य बिझाउँछ । दूधपान गरी सर्प बिष मात्र बढाउँछ ! त्यसैले StepDownPMOli को सट्टा #RemovePMOli को शंखनाद उपयुक्त हो कि ! पहिलो, वहाँकै पार्टीले हटाउन सक्छ, दोश्रो संसदले र तेश्रो सडकले ।”