बेबारिसे अवस्थामा फेला परेको काठ बन कार्यालयलाई बुझाईयो

बेबारिसे अवस्थामा फेला परेको काठ बन कार्यालयलाई बुझाईयो


१ फागुन, झापा । झापाको दमक नगरपालिका–१ कुमाल चौंकमा बेबारिसे अवस्थामा फेला परेको अवैध काठसहित ट्याक्टर दमक प्रहरीले आज बन कार्यालयलाई बुझाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार मंगलवार करिव ७ वजेतिर वेलडाँगीबाट दमक तर्फ आउँदै गरेको को २ त २०७ नं. को ट्याक्टरसहित सिसौ, टिक जातका गोलाई काठहरु नियन्त्रणमा लिएको थियो ।

प्रहरीको गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा फेला पारिएको काठसहित ट्याक्टरलाई आवश्यक कारवाहीका लागि दमकको बेलडाँगीस्थित डिभीजन बन कार्यालयलाई बुझाईएको प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर