२२ कात्तिक, झापा । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभामा विभिन्न क्षेत्रका १८ जनालाई सम्मान गरिएको छ । बुधबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरसहित अतिथिहरुले १८ जना सहप्राध्यापक तथा कर्मचारीहरुलाई दिर्घसेवा पदकबाट सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा सहप्राध्यापक एवं पूर्व क्याम्पस प्रमुख डा.नेत्रबहादुर बुढाथोकी, उपप्राध्यापकहरु श्रवणकुमार चौधरी, यज्ञराज गिरी, सुमनकुमार नेपाल, भुमिप्रसाद दाहाल, नारायण भट्टराई, राधिका ओझा, डिल्लीप्रसाद भट्टराई र कुलप्रसाद शिवाकोटी रहेका छन् । त्यस्तै सोही पदकबाट सम्मानित हुनेहरुमा प्रमुख प्रशासकिय अधिकृत पदमप्रसाद घिमिरे, हेड असिस्टेन्टहरु तुलसी प्रसाद फुयाँल, लक्ष्मी बुढाथोकी, अञ्चलबहादुर धिमाल, तुलसीबिक्रम बस्नेत, बाला भट्टराई, अञ्चल धिमाल, प्रेमबहादुर कुँवर र भविन्द्र धिमाल रहेका छन् ।
क्याम्पस सभामा अध्यक्ष ढुण्डीराज भण्डारीका तर्फबाट पेश गरिएको प्रतिवेदनमा क्याम्पसमा स्थापित अक्षयकोषहरुको विवरण, दाताहरुको विवरण र सम्मानका लागि क्याम्पसले गरेका कामहरु, बिद्यार्थी सहुलियत र छात्रवृत्ति , स्थानीय सरकारले निर्वाह गर्दै आएको भुमिका संघीय सरकारबाट क्याम्पसको भौतिक पूर्वाधार बिकासमा दिइएको योगदान, क्यूएएको प्राप्ति र नविकरण, बिद्यार्थी, प्राध्यापक कर्मचारीहरुको संख्यासहितको विवरण, पुस्तकालय ल्याब तथा शैक्षिक सामग्रीको अवस्था, क्याम्पसमा विगतदेखि सञ्चालित कार्यक्रमका उपलब्धि, आगामी कार्यक्रम तथा योजनाहरु, क्याम्पसलाई प्राप्त अवसरहरु र चुनौती आदिका बिषयमा पनि उल्लेख गरिएको छ । सभामा क्याम्पस प्रमुख यज्ञराज गिरी र लेखा समिति संयोजक कुलबहादुर बस्नेतले पनि प्रतिवेदन प्रस्तुत गरेका छन् ।