
२१ असोज, इलाम । सरोकारवाला निकायले बेलैमा वास्ता नगर्दा मेची राजमार्गको इलाम राजदुवाली खण्डमा सडक भासिएर राजमार्ग अवरुद्ध छ । राजदुवालीमाथी माईखोलाको भित्तामा बर्षै अगाडी देखी सडक भासिन सुरु गरेको थियो । त्यसलाई रोक्न करोडौँ रकम खर्चेर नयाँ प्रविधीको प्रयोग गरिएपनि सडक भासिने रोकिने क्रम रोकिएको थिएन । त्यसैले सडक डिभिजन कार्यलय इलामले करिव दुई बर्ष यता न सडक मर्मतमा चासो दियो नत बैकल्पिक सडक निर्माणमा नै चासो दिएको थियो ।
अहिले सो स्थानमा सडक मर्मत नै गर्न नमिल्ले गरी सडक भासिएको छ । प्राविधिकहरुका अनुसार विहान मर्मत गरिएपनि बेलुकासम्म पुरै धाजा फाटेर सडक चिराचिरा परिहाल्ने गर्दछ । त्यसैले राजदुवाली खण्डमा मेची राजमार्गको नयाँ रुटको विकल्प छैन ।
सो खण्ड भासिएर राजमार्ग अवरुद्ध भएपछि स्थानिय र यात्रुहरु आक्रोसित छन् । सडक भासिने क्रम बर्षौँ देखी देख्दा पनि बैकल्पिक रुटको लागि सडक डिभिजन कार्यलय इलामले चासो नदेखाएर आजको समस्या निम्तिएको भन्दै उनिहरुले सामाजिक सन्जालमा अक्रोश पोखिरहेका छन् ।
केही महिना अगाडी राजमार्गको दबेको भाग
पुर्वी पहाडलाई जोड्ने एकमात्र मेची राजमार्ग दशँैको बेलामा अवरुद्ध हुँदा यात्रुहरु सास्ती खेपिरहेका छन् । बाटो भासिएर राजमार्ग अवरुद्ध हुँदा पनि सडक डिभिजन कार्यलय इलाम नयाँ रुटबारे निर्णयमा पुग्न सकेको छैन । सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार वैकल्पिक सडक निरीक्षण कार्य जारी छ । दसैंको मुखमा सकेसम्म चाँडो सवारी साधन चल्ने बनाउन आफुहरु लागि परिरहेको उनले बताए ।
जिल्ला विपद् व्यवस्थापन समिति बैठकले गोदक सिमल गोलाईबाट जोगमाई खोला हुँँदै इलाम बजारछेउ तिल्केनी पुगिने मार्गलाई वैकल्पिक मार्ग बनाउने निर्णय गरेको थियो । मेची राजमार्गको इलाम राजदुवालीमाथिको खण्ड भासिएपछि सवारी साधन चार दिनयता ठप्प प्रायः छन् ।

केही महिना अगाडी राजमार्गको दबेको भाग




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७