दमकमा गाई मारेको आरोपमा ४ जना पक्राउ

दमकमा गाई मारेको आरोपमा ४ जना पक्राउ

२३ भदौ, झापा । झापाको दमकमा भएको गौहत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् ।

पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन । उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भइ कारबाहीमा परेका थिए ।

त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए३ –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन् । उनी पनि यसअघि बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपन्छीसम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भइ कारबाहीमा परेका थिए ।

त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए२ – १२० बस्ने बस्ने ३२ वर्षीय बिधान थापा पक्राउ परेका छन्। उनी पनि यसअघि बिभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भइ कारबाहीमा परेका थिए।

त्यस्तै सोही घटनामा संलग्न भएको आरोपमा दमक नगरपालिका वडा नं. ४ बस्ने ४५ वर्षीया गीता श्रेष्ठ पनि पक्राउ परेकी छन् ।

भदौ १८ गते राति दमक नगरपालिका वडा नं. २ बस्ने लक्ष्मण बिष्टको वडा नं. १ स्थित पानीट्याङकी नजिक गोठमा बाँधिराखेको २ महिनाको गर्भिणी गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरूले काटेका थिए ।

टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा, करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेका थिए । घटनापश्चात फरार रहेका उनीहरुको खोजतलास गर्नेक्रममा मानिससहित विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।

उनीहरूमथि पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा चलाउने जनाइएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270