आज भाद्र कृष्ण औंशी

आज भाद्र कृष्ण औंशी

१७ भदौ, काठमाण्डौँ । आज भाद्र कृष्ण औंशी । यस दिनलाई पिता दिवस अर्थात् बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यही दिनलाई गोकर्ण औंशी पनि भनिन्छ र आजकै दिन युवा कवि मोतीराम भट्टको जन्मजयन्ती पनि हो । वैदिक सनातन हिन्दू परम्परा अनुसार आजको दिन घर–घरमा कुश भित्र्याउनु पर्दछ । कुश पवित्रताको प्रतीक हो, जसको प्रयोग नगरी कुनै धार्मिक अनुष्ठानहरु प्रारम्भ नै गरिँदैन । वर्षभर विभिन्न अनुष्ठान, सांस्कृतिक तथा परम्परागत कर्महरुमा अनिवार्य कुश यही दिनमात्र काटिन्छ र वर्षभरीका लागि प्रयोग गर्न मिल्छ ।
बराहरुपी विष्णुले पृथ्वीको उद्धार गरेपछि यज्ञबराहका रुपमा प्रार्थना गर्दा आफ्नो शरीरको रौंलाई नै कुशका रुपमा मानेको विश्वास छ । त्यस्तै कतै समुद्र मन्थन गर्दा कुशको उत्पत्ति भएको मान्यता छ । त्यस्तै वृन्दाको श्राप पूरा गर्न भगवान विष्णुले कुशको रुप धारण गरेको कथा पनि कुशको उत्पत्तिसँग जोडिएको छ । यिनै विश्वास र मान्यताका आधारमा आजको दिन बिहानै स्नानादि कर्म सकेर, शुद्ध र सफा सेतो वस्त्र पहिरिएका व्यक्तिले धार्मिक विधान अनुसार कुशको पूजा गरेर काटेर वा उखेलेर घरमा ल्याउने गरिन्छ । त्यही कुश ब्राह्मणहरुले आफ्नो यजमान कहाँ पु¥याउने प्रचलन रहेको छ । सनातनी परम्परा अनुसार जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार पूरा गर्न नभई नहुने कुशको हिन्दू वैदिक संस्कृतिमा अद्वितीय स्थान छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270