आदिवासी राजवंशी, गनगाई, ताजपुरिया समुदायले मनाए दधिकाद पर्व

आदिवासी राजवंशी, गनगाई, ताजपुरिया समुदायले मनाए दधिकाद पर्व


१२ भदौ, झापा । नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गनगाई, ताजपुरिया जातिले दधिकाद पर्व मनाएका छन् । धार्मिक एवम सांस्कृतिक रुपमा महत्त्वपूर्ण यो खेल पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलि या पर्सीपल्ट दधिकाद पर्व मनाउँछन् ।

दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान श्रीकृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको सम्झनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

यसै क्रममा झापा शिवसताक्षीलगायतको स्थानहरुमा आदिवासी समुदायले दधिकाद पर्व मनाएका छन् । शिवसताक्षी–७ को चन्द्रडाँगीमा दधिकाद पर्व धुमधामका साथ मनाइएको छ । दधिकाद नरिवल खेल शिवसताक्षी–७ उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा कुभिण्डो, नरिवल, हण्डी फोर, म्युजिकल चियर र दौड प्रतियोगिताका खेलहरु सञ्चालन भएका छन् ।

कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक इन्द्रमाया राजवशी, धनमाया अधिकारी, दुर्गा राजवशीं लगायत ५ जनालाई सम्मान गरिएको छ । उनीहरुलाई वडाध्यक्ष भवनी विक्रम चेम्जोङ्ग, वडा सदस्य सुरेस राजवंशीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । त्यस्तै शिवसताक्षी वडा नं. ६ को ठग बस्तीमा पनि दधिकाद पर्व धुमधामका साथ मनाइएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर