फोनिज झापाले मनायो २५ औं स्थापना दिवस

फोनिज झापाले मनायो २५ औं स्थापना दिवस

१० भदौ, झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले २५ औं स्थापना दिवस अर्थात रजत बर्ष मनाएको छ । फोनिज झापाले बिर्तामोडमा आईतबार ‘झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच’ बिषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरेर २५ औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार जन्य संघसंगठनका अगुवाहरुले ब्यवहारिक समावेशिता पत्रकारितामा जोड दिएका थिए । फोनिज झापाकी अध्यक्ष भुमिका फियाक लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राईले प्रस्तुत गरेको कार्यपत्र माथि नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि देवान, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, दलित पत्रकार संघ झापाका उपाध्यक्ष प्रदीप परियार लगायतका बक्ताहरुले समावेशिता पत्रकारितालाई जोड दिनु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270