
४ भदौ, इलाम । खोल्साको सुनको उपमा पाएको अलैँचीको नेपालमा टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गरि बिक्रि शुरु भएको छ । अलैँचीका बगानमा पलाएका नयाँ बिरुवा फोरेर र बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गरि बिक्रि थालेको हो ।
नेपालमा टिस्युकल्चर प्रविधिबाट अलैँचीको बिरुवा उत्पादन गरि व्यवसायीक बिक्रि शुरु भएको छ । बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट अलैचीका बिरुवा उत्पादन गरि बिक्रि गरेको हो । नेपालमा अनुसन्धान केन्द्रमा मात्रै टिस्युकल्चर प्रविधि अपनाइए पनि पछिल्लो पटक सरकारी बालि केन्द्रमा पनि प्रयोग भएको हो । बालिको मुल बोटको गुण भएको बिरुवा उत्पादन गर्ने टिस्युकल्चर प्रविधिबाट अलैची विकास केन्द्रमा दोस्रो नर्सरी पनि सफल भएको थियो ।
चार वर्ष अघि तन्तु प्रजनन् प्रयोगशालाको भवन निर्माण गरि केन्द्रले अलैँचीका बिरुवा उत्पादन थालेको थियो । अलैँचीको निरोगी बोटको छनौट गरि त्यसको अंग झिकेर प्रयोगशालामा प्रविधिको प्रयोग गरि बिरुवा उत्पादन गर्ने प्रविधि नै टिस्युकल्चर प्रविधि हो । नयाँ प्रविधि भएपछि छोटो र स्वस्थ्यकर विरुवा उमार्ने भएकाले सस्तो मूल्यमा किसानलाई बिरुवा बितरण गर्ने लक्ष्य रहेको केन्द्रका प्रमुख राजन परियाले बताए ।
अलैँचीको उत्पादन, प्रशोधन र बजारीकरणको काम गर्दै आएको नेपालको एक मात्र अलैँची विकास केन्द्रले तन्तु प्रविधिबाट अहिलेसम्म ९ हजार बढी बिरुवा बिक्रि गरेको छ । माउ बोटबाट अंग झिकेर टिस्युकल्चर प्रविधिबाट उत्पादन भएको बिरुवा उत्पादन गर्न समयका हिसाबले कम खर्चिलो हुन्छ । तन्तु प्रविधिबाट बिरुवा उत्पादनको काम सफल भएपछि किसानलाई आर्थिक वर्ष २०७९÷०८० बाट वितरण शुरु गरेको थियो ।
अलैचीको बिऊ बाट बिरुवा उत्पादन गर्दा ३६ महिना लाग्ने भएपनि तन्तु प्रविधिबाट १८ महिनामा रोपण योग्य बिरुवा उत्पादन हुने प्राविधिक देवदास दहितले बताए । टिस्युकल्चर प्रविधिमा बिरुवा उत्पादन गर्दा खर्च समेत कम हुने गरेको छ । प्रविधिको उच्चतम प्रयोग गरि किसानलाई वितरण गर्ने लक्ष्य अलैची विकास केन्द्रको छ । नर्सरी विस्तारका लागि एक हजार विरुवा गत वर्ष बिक्रि गरिएको छ ।