३ भदौ, काठमाण्डौँ । सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता रिजालको राजदूत नियुक्ति प्रक्रिया रद्द गरेको छ । इजरायलका लागि पूर्वराजदूत रिजाललाई अस्ट्रेलियाका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो ।

तर उनले इजरायलमा राजदूत हुँदा लगेका दुई सहयोगीहरु भागेर त्यही बसेको विषयमा इजरायल सरकारले नेपाल सरकारसँग आपत्ति जनाएपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले राजदूत सिफारिस भइसकेकी रिजालको नियुक्ति प्रक्रिया रद्द गरेको हो ।
अब सरकारले रिजालको स्थानमा नयाँ व्यक्तिलाई राजदूतमा सिफारिस गर्ने छ । मन्त्रिपरिषद्ले साउन १४ मा रिजालसहित विभिन्न १८ मुलुकमा राजदूत सिफारिस गरेको थियो । तर संसदीय सुनुवाईको नाम संसद् सचिवालयमा दर्ताको लागि पठाउँदा रिजालको नाम नभेटिएपछि त्यस विषयमा सोधखोज भइरहेको छ ।