काठमाडाै, ८ बैशाख । कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि सात लाख ५९ हजार भन्दा बढी पुगेको छ।

विश्वव्यापी महामारीबाट विश्वभर हालसम्म एक लाख ६५ हजार ७१ जनाकाे ज्यान गइसकेको छ । यस्तै विश्वभर संक्रममित हुनेको संख्या पनि २४ लाख ७ हजार ४ सय पुगेको छ।
सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क राज्यको राजधानी न्यूयोर्क सिटीमा १४ हजार ४५१ जनाको ज्यान गइसकेको छ । अमेरिकामा हालसम्म ३८ लाख ६१ हजार ५९६ जनाकाे कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण भएको छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७