२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ । यसबीचमा उनले राजनीतिक भेटघाटसमेत गर्नेछिन् ।
भारतमा रहँदा उनले समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
साथै आरजुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीबारे छलफल गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराउन पहल पनि गर्ने उनको सचिवालयले जनाएको छ ।