माङसेबुङ, ७ बैशाख : लगत संकलनका क्रममा भएको विवादका कारण माङसेबुङ गाउँपालिका ५ मा स्थगित भएको संगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत वितरण आइतबार गरिएको छ । वडा नं. ५ मा वितरणसँगै गाउँपालिकाका सबै वडाहरूमा राहत वितरण सम्पन्न भएकाे हाे ।
गाउँपालिकाले दिएको निर्देशन अनुसार यसअघि वडाले सिफारिस गरेको नामावली सच्याएसँगै आइतबार राहत वितरण गरिएको हो । माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राईसहित जनप्रतिनिधिहरुको उपस्थितीमा राहत वितरण गरिएको हो ।

भालुटार र आसपासका टोलका लागि वडा कार्यालयबाट र अन्यका टोलका लागि टोलटोलमा नै पुर्याएर राहत वितरण गरिएको थियो । सो वडाका ४ सय ६७ जनाले राहत पाएका छन् । गाउँपालिका भरिका संकटमा परेका १ हजार १ सय ८६ घरपरिवारलाइ ८ प्रकारका खाद्य सामग्री उपलब्ध गराइएकाे हाे ।
जसमध्ये मध्ये ९ सय ८९ घर परिवार जसको २ जनाभन्दा बढी परिवार संख्या छ सो परिवारलार्र्ई २५ केजी चामल, ३ केजी दाल, २ केजी नुनु, २ लि. खानेतेल, २ केजी मटर, १ केजी सोयाबिन, नुहाउने साबुन २ वटा र लुगा धुने साबुन १ वटा उपलब्ध गराइएकाे छ । २ जनासम्म रहेको २ सय ५ परिवारलाई भने तोकिएको सबै कुराहरुको आधा सामग्री उपलब्ध गराइएकाे हाे ।
गाउँपालिका भरिमा वडा नं. १ का १ सय ३६ घरपरिवारलाई राहत प्राप्त गरेकाे छ । यो संख्या वडाको कुल घरसंख्याको १९.८६ प्रतिशत हो । त्यस्तै वडा नं. २ मा १ सय २० परिवार रहेको छ यो वडाको परिवारसंख्याको १३.७६ प्रतिशत रहेको छ । वडा नं. ३ मा १ सय ५४ परिवार (१८.६९ प्रतिशत), वडा नं. ४ मा २ सय परिवार (४८.०८ प्रतिशत), वडा नं. ५ मा ४ सय ७५ परिवार (७७.४९ प्रतिशत) र वडा नं. ६ मा १ सय ९ परिवार (२०.९६ प्रतिशत) ले राहत पाएकाे माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगाेले बताए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७