झापामा बैकिङ कसुरको मुद्दा बढ्यो

झापामा बैकिङ कसुरको मुद्दा बढ्यो


२८ साउन, झापा । झापामा बैकिङ कसुरका मुद्दा बढेको छ । बैकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी कार्यालय झापामा दर्ता हुने गरेका छन् ।

विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा दर्ता हुने गरेका छन् । ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा बढ्दै गएको प्रहरीले जनाएको छ ।

झापामा पछिल्लो तीन वर्षमा बैकिङ कसुरका मुद्दा बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८।०७९मा बैकिङ कसुरका एक सय ४६ वटा मुद्दा दर्ता भएका थिए । उक्त अपरामा संलग्न १६ जना पक्राउ परे भने एक सय ३६ जना फरार रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७९।०८०मा दुई ४३ वटा मुद्दा दर्ता हुँदा चार जना मात्रै पक्राउ परेका थिए भने २५३ जना फरार रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष २०८०।०८१मा दुई सय ५६ वटा बैकिङ कसुरका मुद्दा दर्ता भएका थिए । उक्त घटनामा संलग्न १८ जनालाई पक्राउ गरिए पनि दुई ४८ जना फरार रहेको प्रहरीले जनाएको छ । बैकिङ कसुरका मुद्दामा पीडितले देवानी कानुन अनुसार अदालत पनि जान सक्ने र फौजदारी कानून अनुसार प्रहरीमा पनि जान सक्ने भएकाले धेरै जसो पीडितहरु प्रहरी कहाँ आउने गरेको प्रहरी प्रवक्ता चन्दले बताउनुभयो ।

देशमा देखिएको आर्थिकमन्दीको असर अहिले देखा पर्न थालेको हो । विगतमा तमसुक तथा कावग गरेर कारोबार गर्नेहरु अहिले बैंकिङ प्रणाली मार्फत अर्थात चेक लिएर मात्र कारोबार गर्ने क्रम बढेकाले पनि यस सम्बन्धि मुद्दाहरु बढ्दै गएको डीएसपी चन्दको भनाइ छ ।

उनले पछिल्लो समय बैकिङ कसुरका मुद्दाका लागि जिल्ला अदालतबाटै अनुमति लिएर पक्राउ गर्न सकिने भएकाले पनि यसको संख्या बढेको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर