
२४ साउन, झापा । किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाले स्थापना गरेको इन्द्रबहादुर–देउमाया स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट अर्जुनधारा–७ निवासी पत्रकार अमित खम्बू पुरस्कृत भएका छन् ।
यायोक्खाको ३७ औं स्थापना दिवसको अवसरमा झापाको दमकमा बुधबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार खम्बूलाई सम्मान पत्रसहित नगद पुरस्कार १० हजार ३७ रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
प्रत्येक दुई वर्षमा वितरण गरिने उक्त पुरस्कारबाट यस अघि पत्रकारहरु दिपीन राई, रमेश समदर्शी, अनिलदेव राई, भारती राई र धर्मराज राई पुरस्कृत भएका छन् ।
सोही कार्यक्रममा गत शैक्षिक वर्ष २०८०मा सम्पन्न भएको एसईई परीक्षामा सामुदायिक र संस्थागत विद्यालयतर्फ सर्वाेत्कृष्ट जीपीए ल्याउन सफल छात्र र छात्रासहित अन्य उत्र्तीण विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको किरात राई यायोक्खा झापाका सचिव सुसन राईले बताउनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७