निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न

निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न


२२ साउन, काठमाण्डौँ । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ ।

काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा पर्ने मिलिजुली टोल डुबानमान परेको छ ।

स्वयम्भुको सानो र्भयाङ र ठूलो र्भयाङ क्षेत्र पनि प्रभावित भएको छ ।

रामशाहपथस्थित सर्वाेच्च अदालतको मुख्य गेट अगाडि नै पानी जमेको छ । बबरमहलको वन कार्यालय परिसर पनि जलमग्न छ । वन कार्यालयका केही कर्मचारीहरु हातमा जुत्ता बोकेर कार्यालय पुगेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर