झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे, इलाममा चार दशमवल दुई सय किलोमिटर ग्राभेल

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे, इलाममा चार दशमवल दुई सय किलोमिटर ग्राभेल


१३ साउन, झापा । झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०।८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो ।

समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् ।

झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार दशमवल दुई सय ८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमवल दुई पाँच किलोमिटर सोलिङ र शून्य दशमलव तीन सय ५५ किलोमिटर सडक कालोपत्र गरेको तथा दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताउनुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर