उपेन्द्र यादव फिलिपिन्स जादैँ

उपेन्द्र यादव फिलिपिन्स जादैँ

१३ साउन, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् । उनी प्रोग्रेसिभ एलायन्सको एसिया प्यासिफिक १५ औं वार्षिक सम्मेलनमा सहभागी हुन आज फिलिपिन्सको राजधानी मनिला पुग्दैछन् ।

एलायन्सको ब्रोडर कन्फरेन्समा सहभागी हुने यादवले ‘ग्लोबल क्राइसिस’ शीर्षकमा धारणा राख्ने बुझिएको छ । नेपालबाट राजनीतिक दलहरुमध्ये नेपाली काँग्रेस र जसपा नेपाल मात्र सो सम्मेलनमा सहभागी हुँदैछन् ।

उक्त एलायन्समा काँग्रेस पूर्णकालीन र जसपा सह–सदस्य छ । यस पटकदेखि जसपा पूर्ण सदस्य बन्न लागेको छ । भारतबाट काँग्रेस आईलगायत चार दल उक्त एलायन्सको सदस्य छन् । सम्मेलनमा फिलिपिन्स र अष्ट्रेलियाका सत्ताधारी दलहरु पनि सामेल छन् ।

सोसलिष्ट इन्टरनेशनलमा दक्षिण अमेरिकी मुलुकका राजनीतिक दलहरुको बर्चश्व रहेपछि युरोपेली मुलकका राजनीतिक दलहरुले प्रोग्रेसिभ एलायन्स गठन गरेका हुन् । विशेषगरी यसमा जर्मन राजनीतिक दलहरुको चासो बढी देखिन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270