रोङ गाउँपालिकामा एक विद्यार्थी १ रुपैया कार्यक्रम, १९ लाख बढी रकम बचत

रोङ गाउँपालिकामा एक विद्यार्थी १ रुपैया कार्यक्रम, १९ लाख बढी रकम बचत


१३ साउन, इलाम । इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको बचत दैनिक एक रुपैयाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो ।

अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी–२०८० बनाएर गाउँपालिकाले २०८० लाख असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो ।

गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत गर्न प्राइम कमर्सियल बैकसँग दोहोरो सम्झौतागरी एक हजार आठसय ६९ जना बिद्यार्थीको खाता खोलिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिए ।

२०८१ असार मसान्तसम्मको आठ महिना अवधिमा दैनिक एक रुपयिाँका दरले बिद्यार्थीको तर्फबाट १४ लाख ११ हजार आठ सय २७ रुपियाँ, गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सातसय ६१ रुपियाँ र बैंकको तर्फबाट प्रतिबिद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौसय रुपैयाँ जम्मा भएको छ ।

बैंकले बिद्यार्थीको खाता खोल्दा प्रतिबिद्यार्थी एक सय रुपैयाँ जम्मा गर्ने गरेको छ । पालिकाले बिद्यार्थी बिद्यालय आएको दिन एक रुपैयाँका दरले जम्मा गरीदिने गरेको छ । अविभावकले मासिक रुपमा गाउँपालिकामा बचत जम्मा गरेपछि पालिकाले बैंकमा रकम जम्मा गर्ने गरेको छ ।

बिद्यार्थीको रकम जम्मा भए नभएको हेर्न पालिकाले सफ्टवेयर बनाएको छ । रकम जम्मा भएको पालिकाले बनाएको सफटवेयरमा देखिने हुँदा कुनै समस्या नहुने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिइन्।

रोङ गाउँपालिकामा ३० वटा सामुदायिक र दुई वटा संस्थागत बिद्यालय रहेका छन् । पालिका भित्र बैंक खाता सञ्चालन गर्दा दुई हजार दुईसय ५३ जना बिद्यार्थी थिए । अहिले एकसय १२ जना थपिएका छन । पालिकाले बिद्यालयमा आइसीटि शिक्षा अन्तर्गत नौ वटा माध्यमिक बिद्यालयमा सीसीटिभी र इलेक्ट्रोनिक हाजीरी र ल्याव स्थापन गरेको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर