कोशीमा माओवादी मन्त्रीहरूले राजीनामा दिदैँ

कोशीमा माओवादी मन्त्रीहरूले राजीनामा दिदैँ


११ साउन, विराटनगर । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट पनि माओवादीले बाहिरिने तयारी गरेको हो ।

कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।

यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रमा प्रतिपक्षमा माओवादी पुगे पनि कोशी प्रदेशबाट भने मुख्यमन्त्रीकै आग्रहमा सरकारबाट राजीनामा दिएका थिएनन् ।

केन्द्रीय गठबन्धन अनुसारको नयाँ सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

आजै राजीनामा तयारी रहेको माओवादी श्रोतले जनाएको छ । संविधानको धारा १६८ (५) अन्तरगत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आज दलको बैठक बसेर निर्णय गर्ने बताए । उनले भने, आज हामीले बैठक राखेका छौ । बैठकपछि निर्णय सार्वजनिक गर्छाै ।

प्रतिक्रिया:

सम्बन्धित खवर