६ बैशाख, बाग्लुङ । कोरोनाभाइरससंग अस्पतालमा लडीरहेकी बागलुङकी ६५ वर्षीया वृद्धाले भाइरसलाई परास्त गरेकी छिन् । कोरोनाको संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालमा उपचार गराइरहेकी बागलुङकी ६५ वर्षीया वृद्धा कोरोनामुक्त भएकी छिन् ।
कोरोना संक्रमणको पुष्टि भए लगत्तै देखी उनि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत रहेकी छिन् । हालै परिक्षण गरिएको उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको हो ।
उनमा अस्ति बिहीबार गरिएको तेस्रो रिपोर्ट र आज शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिनुभयो । प्र.जि.अ.सैंजूका अनुसार दुईवटै रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्जको तयारी गरिएको छ ।