ओली प्रधानमन्त्री बनेकै दिन बढ्यो पेट्रोलको मुल्य

ओली प्रधानमन्त्री बनेकै दिन बढ्यो पेट्रोलको मुल्य

३१ असार, काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पाेरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाएको हो ।

यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन् ।

बढेको मूल्य आजै राति १२ बजेपछि लागू हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर