६ वैशाख, सुनसरी । क्वारेन्टाइनमा आवश्यक पर्ने सामग्रीहरु सुनसरी प्रशासनलाई हस्तान्तरण गरिएको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमित आशंका गरिएका र विदेशबाट आएकाहरुलाई राख्न निमार्ण गरिएका जिल्लाका क्वारेन्टाइनहरुका लागि वल्र्ड भिजन इन्टरनेशनल विराटनगर र सेभ द अर्थ सुनसरीले आवश्यक सामानहरु हस्तान्तरण गरेको हो ।
सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईका अनुसार प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई त्रिपाल, कम्बल, पानी राख्ने भाडा, हात धुने बाल्टीन, डोरी, सावुनलगायत सामानहरु हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका वल्र्ड भिजनका कार्यक्रम प्रवन्धक राजकुमार दुलालले पहिलो चरणमा उपलब्ध गराईएका सामानहरु आवश्यक परे पुनः पनि वितरण गरिने पनि बताउनुभयो ।