२७ असार, झापा । प्रतिबन्धित लागूऔषधसहित झापाको दमकमबाट गएराति एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर १ फाल्गुनन्द चौकमा डेरा गरी बस्ने इलाम, महमाई नगरपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूसहित उनका श्रीमती २४ बर्षिया सुनिता राईलाई ४ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागूऔषध लुकाई छिपाई बिक्री बितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट फाल्गुनन्द चोकबाट खटिएको संयुक्त प्रहरी टोलीले लिम्बू बस्ने कोठामा बुधबार राति ९.३० वजे खानतलासीका क्रममा ४ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।
पक्राउ परेका दम्पत्तीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनुभयो ।