६ वैशाख, सुनसरी । लकडाउनले सवारी साधन बन्द भएपछि गन्तव्यमा पुग्न पैदल हिडेका बटुवाहरुलाई सुनसरी इनरुवाका समाजसेवी तथा स्थानीयहरुले खानेकुराको व्यवस्थापन गरिदिन थालेका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा नगरपालिका वडा नं. ३ सखुवागाछीमा पैदल हिडेका बटुवाहरुलाई चाउचाउ तथा पानीको ब्यवस्था गरिएको सामाजिक अगुवा भुपाल तिम्सीनाले बताउनुभयो ।
दिनरात लामो पैदल यात्रा गर्दै हिडेका बटुवाहरु बजार पसल बन्द भएका कारण गोजीमा पैसा भएपनि खानेकुरा किनेर खान नपाउने अवस्था रहेको आफूहरुले सक्ने सहयोग पानी र चाउचाउको व्यवस्था गरिएको सामाजिक अगुवा तिम्सिनाले बताउनुभयो ।