नगरसभा सदस्यको बालेनलाई सुझावः नेतालाई गाली गरेर तपाईको हैसियत बढ्दैन

नगरसभा सदस्यको बालेनलाई सुझावः नेतालाई गाली गरेर तपाईको हैसियत बढ्दैन


२५ असार, काठमाण्डौँ । फेसबुकबाटै स्थगन भएको काठमाडौं नगरसभाको १५औं अधिवेशनले नीति तथा कार्यक्रम पारित गर्दा नगरसभा सदस्यहरुले मेयर बालेन्द्र शाहलाई अरुको पनि सम्मान गर्न सुझाव दिएका छन् ।

आज मंगलबारको नगरसभा अधिवेशनमा मेयरले दिएको समयमा बोल्दै नगरसभा सदस्य शर्मिला परियारले नगरसभा स्थगन र सञ्चालन ‘फेसबुकबाटै गर्ने हो अबदेखि’ भनेर प्रश्न गरिन् ।

उनले सामाजिक सञ्जालबाटै नगरसभा चलाउन लागेको हो कि भनेर मेयरलाई प्रश्न गरेकी हुन् । वडा नम्बर ३ बाट निर्वाचित दलित महिला सदस्य परियारले मेयर शाहले सम्मानित नेताहरुलाई विनाप्रमाण सामाजिक सञ्जालबाट गालीगलौज गर्दा महानगरकै गरिमा कमजोर बनिरहेको बताइन् ।

उनले भनिन, ‘विनाप्रमाण कसैलाई गालीगलौज गर्नुअघि म कुन हैसियतमा छु भन्ने पनि बुझ्नुपर्छ । प्रमुखज्यू, तपाईंले आफू राम्रो देखिनका लागि अरुलाई नराम्रो देखाउन पर्दैन । नगरसभाको गरिमा अरुलाई गालीगलौज गरेर, सामाजिक सञ्जालबाट आरोप लगाएर बढ्ने पनि होइन । सम्मानित नेताहरुलाई गाली गरेर तपाईंको हैसियत बढ्दैन ।’

पछिल्लो समय मेयर शाहले फेसबुकबाटै कांग्रेस र एमालेमाथि आरोपित गर्दै नगरसभा स्थगित गरेका थिए । उनले लगातार एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाइरहेका छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर