झापाको दमकमा उप–प्रमुख सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनमा

झापाको दमकमा उप–प्रमुख सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनमा


२५ असार, झापा । झापाको दमक नगरपालिकाले उप–प्रमुख सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनमा ल्याएको छ । सुरक्षित महिनावारीमा जोड दिन हरेक महिलाहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड प्रदान गर्ने तथा स्वास्थ्य सचेतना समेत दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको हो ।

कार्यक्रमको नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईले महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सेनेटरी प्याड दिएर शुभारम्भ कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

नगर प्रमुख थापाले ‘दमक नगरबासीको स्वास्थ्य हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ यो कार्यक्रम ल्याईएकाले यसबाट नगरका महिलाहरुको स्वास्थ्यमा थोरै भएपनि सहयोग पुग्ने बताउनुभयो । त्यसैगरि, उप्रमुख भट्टराईले यस कार्यक्रमबाट महिलाको स्वास्थ्य सुरक्षामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

सोहि अवसरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले स्लाईड मार्फत नियमीत रुपमा महिनावारी हुने हुदाँका फाईदा र नहुदाँ हुन सक्ने स्वास्थ्य समस्याका विषयमा जानकारी दिनुभयो । नगरपालिकाको स्वास्थ्य केन्द्रहरुमा पुगेर महिलाहरुले निशुल्क रुपमा सेनटरी प्याड प्राप्त गर्ने गरि व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर