२५ असार, इलाम । इलाम नगरपालिका वडा नं. ४ मलातेमा चरिबाघ भेटिएको छ । लेकाली क्षेत्रमा पाइने चरिबाघ इलामको तल्लो क्षेत्रमा देखिएको हो ।
एक माउ र दुई बच्चा चरिबाघ देखेर स्थानीयले वडा कार्यालयमा खबर गरेपछि वडा कार्यालयले डिभिजन वन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामलाई खबर गरेको थियो ।
अहिले मलातेमा भेटिएका चरिबाघको उद्धार गरिएको इलाम नगरपालिका ४ का अध्यक्ष नुतनदेव दुलालले बताए ।