हावाहुरीका कारण हजार विघा भन्दा बढी क्षेत्रमा लागाईएको वालीमा क्षती, घरको छानो उडायो

हावाहुरीका कारण हजार विघा भन्दा बढी क्षेत्रमा लागाईएको वालीमा क्षती, घरको छानो उडायो

६ बैशाख, जनकपुरधाम । गएराति आएको हावाहुरीले प्रदेश नं.२ का आठवटै जिल्ला प्रभावित भएका छन् । हावाहुरीले गर्दा हजारौं बिघामा लगाइएको बालीमा क्षति पुगेको बताईएको छ । कतिपयका घर भत्किनुका साथै घरको छानो पनि उडाएको छ ।

हावाहुरीका कारण सबैभन्दा बढी कृषिमा क्षति भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिनुभएको छ । अहिले आठवटै जिल्लाबाट वालीमा भएको क्षतिबारे तथ्यांक संकलन गर्ने कार्य जारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसा अहिलेसम्म क्षतिको यकिन तथ्यांक आईसकेको छैन ।

तरपनि आठवटै जिल्लाका सम्बन्धित व्यक्तिहरुसँग जानकारी लिँदा हजार विघा भन्दा बढीमा लगाइएको बालीमा क्षति पुगेको जानकारी आफूलाई आएको राज्यमन्त्री यादवले बताउनुभयो ।

हावाहुरीले भित्राउन लागेको गहुँमा बढी क्षति पुगेको उहाँले बताउनुभएको छ । यता बारा जिल्लामा भने मकैमा वढी क्षति पुगेको बताईएको छ ।

कोरोना भाइरसका कारण जारी लकडाउनको समयमा किसानहरु आ–आफ्नो घरमा रहेको बेला भएको क्षतिले किसानहरु मारमा परेका छन् । हावाहुरीका कारण ठाउँ ठाउँमा विजुलीका पोलहरु पनि ढलेका छन् ।

यस्तै हावाहुरीले आँपको चिचिलालाई पनि निकै असर गरेको सिरहाका स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर