सुदुरपश्चिममा काेराेना उपचार गराइरहेकाे युवाककाे दाेस्राे रिपाेर्ट नेगेटिभ, अन्यकाे पाेजेटिभ

सुदुरपश्चिममा काेराेना उपचार गराइरहेकाे युवाककाे दाेस्राे रिपाेर्ट नेगेटिभ, अन्यकाे पाेजेटिभ

कैलाली, ६ बैशाख । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका भारतबाट फर्किएका लम्कीचुहा नगरपालिका १ का २१ वर्षका युवकको दोस्रो काेराेना परिक्षणकाे रिपोर्ट नेगेटिभ आएको छ ।  युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताए ।

भारतबाट आएर कैलालीस्थित प्रतापपुर क्वारेन्टाइनमा बसेका उनको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचारत थिए ।

 

सेती प्रादेशिक अस्पतालमा उपचाररत अरु चार जना कोरोना संक्रमितको भने दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका- १ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको हो ।

यसअघि दुई पटकसम्म पोजेटिभ आएको धनगढी ५ का ३४ बर्षीय युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर