एमाले जम्बो टोली चीन जादैँ

एमाले जम्बो टोली चीन जादैँ


११ असार, काठमाण्डौँ । एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको जम्बो टोली चीन जान लागेको छ । ३० सदस्यीय टोली मध्यरात काठमाडौंबाट चाइना साउदर्नको उडानमा ग्वाङ्चौ प्रस्थान गर्ने तयारी छ ।

टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्यहरु विनोद श्रेष्ठ,सुजिता शाक्य, धेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल छन् । त्यसैगरी केन्द्रीय सदस्यबाट इन्दिरादेवी गौतम, जीवन गौतम, लालबहादुर घाप्र, प्रेमप्रसाद दंगाल, नागेन्द्र शाही,पेम्बा लामा, बदमी कवारी, प्रेमबहादुर तामाङ्ग, भिष्मनाथ अधिकारी पनि टोलीमा समावेश छन् ।

चीन जाने टोलीमा कृष्णभक्त पोखरेल, महेश बस्नेत, सरस्वती सुब्बा, शान्ति चौधरी, विदुरकुमार लिङ्गथेप, इन्द्रप्रसाद भण्डारी, आरती भण्डारी, बालसिङ्ग काउछा, श्रीप्रसाद श्रेष्ठ, यज्ञराज ढुङ्गाना, गोविन्दकुमार पुन, अमी तामाङ्ग, किरण माली, घनश्याम सुवेदी, एलडी शर्मा, मनोज ताम्लीलाई पनि राखिएको छ ।

उपमहासचिव नेतृत्वको टोलीमा केन्द्रीय सम्पर्क समन्वय समितिका संयोजक अटाएनन् तर सचिव परेका छन् । १२ दिने चीन भ्रमणमा निस्कन लागेको टोलीले हिजो दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताहरुसँग बिदाई भेट गर्दै पार्टी मुख्यालयमा फोटो सेसन गरेको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर