झापा कचनकवलमा आँपको विषयमा कुटाकुट हुँदा सात घाइते।

झापा कचनकवलमा आँपको विषयमा कुटाकुट हुँदा सात घाइते।

झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ ।

शनिबार बेलुका कचनकवल गाउँपालिका–४खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मियासँग झगडा र कुटपिट गर्दा दुई पक्षका सातजना घाइते भएका छन्
कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिया, २५ वर्षीय समसेर मिया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिया, २० वर्षीय अर्फिन मिया, ५० वर्षीया लेजिना मिया र ३९ को समसोधिन मिया घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि ओमसाई पाथिभारा अस्पताल भद्रपुरमा ल्याएको छ । सबैको अवस्था सामान्य रहेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायव निरीक्षक र बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक समेतको टोली खटिएको जनाइएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर