५ असार । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न ८ मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार बुधबार अपराह्न बस्ने दोस्रो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकेर असार ७ गते संसदबाट बजेट पास गर्ने तयारी छ ।