लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न रविलाई कांग्रेसकाे चुनाैती

लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न रविलाई कांग्रेसकाे चुनाैती

४ असार । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न चुनौती दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता गठबन्धनमै आबद्ध नेताहरु पर्नसक्ने भएकाले त्यो प्रतिवेदन सार्वजनिक गर्न नसक्ने जिकिर गरे ।

सांसद केहीले गृहमन्त्रीले विधि र पद्धतिभन्दा बाहिर गएर प्रहरीमा सरुवाको आतंक मच्चाएको आरोप लगाए ।

उनको भनाइ जस्ताको तस्तै

न्यूनतम साझा कार्यक्रममा नयाँ पार्टी र हाम्रो अहिलेको गृहमन्त्रीको प्रभावमा कुनै पनि कालखण्डको भ्रष्टाचारको छानबिन गर्ने लेखिएको भन्ने लागेको थियो, तर सय दिनमा कुनै कारबाहीको प्रक्रिया सुरु भएको देखिएन । बरु गृहमन्त्री नै भ्रष्टाचारको अभियोगमा चर्चित हुनुभयो ।

त्यो छानबिन हुँदैन । हाम्रा पार्टीका नेताहरुले पनि भन्नुभएको तपाईं साँच्चै भ्रष्टाचारको विरोधमा काम गर्न चाहने हो भने म चुनौती दिएर भन्न चाहन्छु, २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोग, जसले ४१ हजारभन्दा धेरै व्यक्तिको, तपाईंलाई गाह्रो हुन्छ । तपाईं जुन गठबन्धनमा हुनुहुन्छ, तिनीहरुको पनि त्यतिकै छ, अर्काेथरिको त आँट होला तपाईंको । तपाईंलाई आँट छैन । त्यो प्रतिवेदन सार्वजनिक गर्नुस् र अख्तियारलाई लेखेर पठाइदिनुस् ।

२०५८ सालपछिका पुरानो सबै गर्ने भन्ने तपाईंको संकल्प छ, त्यो संकल्प सर्वाेच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा एउटा भरपर्दाे छानबिन समिति गठन गरौं, कांग्रेसले त मागेकै छ । किन आँट भएन ? तपाईंहरु सत्तामा बसेर फाइल खोल्दिम् भनेर धम्काउने ? तपाईंहरुसँग आँट भए सम्पूर्ण फाइल खोल्नुस्, भ्रष्टाचारको विरोधमा राष्ट्रिय अभियान बनाएर जाऔं । त्यो नै आजको आवश्यकता हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर