४ असार । स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन्। प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ ।
भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर १७२ पुगेको छ । पाकिस्तानसँग गत वर्ष पनि १७० आणविक हतियार रहेकोमा यो वर्ष अहिलेसम्म कुनै वृद्धि भएको छैन । चीनसँग २०२३ मा ४१० आणविक हतियार थिए, जुन यस वर्ष बढेर ५०० पुगेको छ ।
अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायललगायत नौ आणविक हतियारधारी राष्ट्रहरूले आफ्ना आणविक हतियारको आधुनिकीकरणलाई निरन्तरता दिइरहेका छन् र तीमध्ये धेरैले सन् २०२३ मा नयाँ आणविक–सक्षम प्रणालीहरू तयार गरेका छन्।
आणविक हतियारको मामिलामा अमेरिका र रुस सबैभन्दा अगाडि छन्, जससँग विश्वभरको ९० प्रतिशत आणविक हतियार छन् ।