२ असार, काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन्।
श्रम मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सय दिनको उपलब्धि सुनाउँदै श्रम मन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्याउने तयारी गरेको बताएका हुन् । ‘वैदेशिक रोजागरीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाइ १० लाखसम्म पुर्याउँने प्रस्ताव मन्त्रालयले अघि बढाएको छ ।’ उनले भने ।
उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनका उपलब्धि सुनाउँदै मन्त्रालयबाट तत्काल सुधारका र नीतिगत सुधारका कामहरु भएको बताए । ‘श्रम स्वीकृति लिने प्रक्रियालाई चुस्त बनाएर एक घण्टाभित्रै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेका छौं, उनले भने, ‘यद्यपि, सोचेजस्तो हुन सकेका छैन, सुधारको काम बाँकी छ ।’
यस्तै श्रमिकका लागि श्रमाधान योजना अघि बढाएको बताए । जस अन्तर्गत श्रमिकको गुनासो सुन्न र जिज्ञशा मेटाउान श्रमाधान कल सेक्टर सुरु गरेको बताए । उनले अझै स्तरीय र प्रभावकारी बनाउने काम भइरहेको सुनाए ।
यस्तै युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्दश्यले मन्त्रालयले देशभरका सातैवटा प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिएको बताए ।
यस्तै वैदेशिक रोजगारीमा जादा श्रमिकलाई लाग्ने आर्थिक भार, अंग्रेजीमा भाषा अनिवार्य गर्ने जस्ता ल्याएको विवास्पद कार्यविधि खारेज गर्ने जस्ता नीतिगत सुधारका काम भएको बताए । उनले साउनबाटै अनलाइनबाटै मागपत्र प्रमाणीकरण गर्ने तयारी भइरहेको समेत बताए ।
यस्तै उनले ‘श्रमिकसँग श्रममन्त्री’ भर्चुअल संवाद पनि सञ्चालन गर्ने तयारी गरेको बताए । ‘आन्तरिक र वैदेशिक रोजगारीमा भएका श्रमिकका कुराहरु सुन्न भर्चुअल संवाद साउँनदेखि सुरुवात गर्ने तयारी गरेका छौं ।’ उनले भने ।