युक्रेनका राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रसियाले आक्रमण गर्दा ९ जनाको मृत्यु

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रसियाले आक्रमण गर्दा ९ जनाको मृत्यु

३१ जेठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रसियाले मिसाइल आक्रमण गर्दा कम्तिमा नौजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

सो आक्रमण युक्रेनको दक्षिणी सहर क्रिभ्यी रिहमा भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार बुधबार आवासीय भवनमा भएको सो आक्रमणमा पाँच बालबालिका पनि घाइते भएका छन् । यसअघि चारजना हराइरहेको जनाइएको थियो ।

आपतकालीन सेवा, प्रहरी र स्वयंसेवकहरू विध्वंस भएको स्थलमा खटेका छन् भने सो क्षेत्रमा खोजीका लागि कुकुर पनि परिचालन गरिएको छ ।

रसियाको रक्षा मन्त्रालयले सार्वजनिक रूपमा सो क्षेत्रमा गरिएको आक्रमणबारे टिप्पणी गरेको छैन । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पीडितका आफन्त र परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर