४ बैशाख, सुनसरी । सुनसरीको दुहवी प्याब्सन नगर समितिले दुहबी नगरपालिको राहत कोषमा रु १ लाख १ हजार रुपैँया सहयोग गरेको छ ।
दुहवी नगर क्षेत्रमा सञ्चालनमा रहेका निजि विद्यालयहरुको छाता संगठन दुहवी प्याब्सन नगर समितिद्धारा राहत कोषमा रु १ लाख १ हजार रुपैयाको चेक नगर प्रमुख बेदनारायन गच्छदारलाई हस्तान्तरण गरिएको प्याब्सनका केन्द्रीय सल्लाहकार शंकर थापाले बताउनुभयो ।
महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९)को कारण भएको लकडाउनले गरीबी र न्युन आय वर्गका लागि राहत स्वरुप दुहवी प्याब्सानले नगरको राहत कोषमा सो आर्थिक रकम सहयोग गरेको दुहवी प्याब्सानका अध्यक्ष पुर्शोतम राईले बताउनुभयो ।
सो हस्तान्तरण कार्यक्रममा दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदार, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोद कुमार न्यौपाने, प्याब्सानका केन्द्रीय सल्लाहकार शंकर थापा, दुहवी प्याब्सनका अध्यक्ष पुर्शोतम राई लगायतको उपस्थिती रहेको थियो ।