पौडी खेल्ने क्रममा डुबेर चुलाचुलीमा एकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर चुलाचुलीमा एकको मृत्यु

२४ जेठ,  इलाम । इलामको चुलाचुली गाउँपालिका ३ स्थित ऐना पोखरीमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ ।

पर्यटकिय स्थल ऐना पोखरीमा पौडी खेल्ने क्रममा चुलाचुली ४ निवासी १८ वर्षीय बिनिता जोगिको मृत्यु भएको हो भने संगै पौडी खेल्ने २ जना अस्पतालमा उपचाररत रहेका छन ।

मृतक जोगि सहित अन्य २ जना महिला पौडि खेलिसकेर फर्कने  क्रममा करिब दिउँसो १२ बजे जोगिको खुट्टा चिप्लिएर पोखरिमा पसेकि थिइन । साथमा रहेका साथीहरुले उनलाई निकाल्न समेत प्रयास गरेका थिए ।

मृतकलाई पोखरीको पानी सुकाएर बाहिर निकालिएको हो । बिनिता हालसालै स्थानिय बालज्योती मा.बि. बाट ११ को परीक्षा दिएर बसेकी थिइन ।

मृतकको शवलाई पोस्टमार्टमको लागि दमक लगिएको प्रहरी चौकी पेल्टिमारीले जानकारी दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर