३ वैशाख, झापा । विश्वभरी महामारीको रुपमा फैलिरहेको रहेको कोरोना भाइरस (कोभिड १९) का कारण विगत तिन साता देखी देशभरी लकडाउन जारी छ । लकडाउनका कारण लाखै मानिहरुको रोजगारी गुमेको छ । दैनिक अत्यावश्यक खाद्यान्न लगायतका वस्तुह्रु जुटाउन पनि धेरै समस्या परेको छ । यही समस्यमा राहत स्वरुप झापा दमक ७ मा रहेको सक्रिय युवा क्लबले दमकका ४७ घरपरिवारलाई मंगलबार हरियो सागसब्जी वितरण गरेको छ ।
फलफुल तथा सब्जी बजार दमकका सचिव बिपिन बस्नेत तथा सदस्य राज शाहको सहयोगमा उल्लेखीत परिवारलाई सागसब्जी वितरण गरिएको क्लवका अध्यक्ष अतित राईले बताउनुभयो ।
विपत्को वेलामा सकेको जती सहयोग गरौ भन्ने विचारले सब्जी वितरण गरेको अध्यक्ष राई बताउनुहुन्छ ।
चैत्र ११ बाट सुरू भएको लकडाउनका कारण नेपालीको दैनिक जनजीवन अस्तव्यस्त बनिरहेको छ ।