३ बैशाख, सुनसरी । धरानकोे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संकलन गरेको १८७ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
वीपी प्रतिष्ठानका सह–प्रवक्ता अशोक ऐरका अनुसार अहिलेसम्म प्रतिष्ठानले १८७ जनाको स्वाब परीक्षण गरेकोमा कसैको पनि कोरोना पोजेटिभ रिपोर्ट नआएको हो ।
सह–प्रवक्ता ऐरका अनुसार संकलन गरिएका सम्पुर्ण स्वाबको रिपोर्ट कोरोना पोजेटिभ छैन । ‘यो हामीले राष्ट्रिय प्रयोगशालामा पठाएको स्वाब र प्रतिष्ठानकै कोरोना ल्याबबाट परीक्षण गर्दाको रिपोर्ट हो ।’ सह–प्रवक्ता डा. ऐरले भन्नुभयो ।
प्रतिष्ठानमा मंलवार चार जनाको नमुना परीक्षण गरेकोमा त्यसको नतिजा पनि नेगेटिभ आएको छ । प्रतिष्ठानमा कोरोना भाइरसको आशंकामा आएका ६४ विरामी मध्ये १९ जनाको स्वाबलाई राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो । बाँकी ४५ वटा प्रतिष्ठानकै कोरोना ल्याबमा परीक्षण गरिएको थियो ।