कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश

कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश

९ जेठ । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।

मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार अदालतमा पेश गरेको हो ।

उनीमाथि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने या के गर्ने भन्नेबारे न्यायाधीश चुडामणि खड्काको इजलासमा सुनुवाइ सकिएपछि टुंगो लाग्नेछ । अदालतले म्याद थप गरेमा उनी हिरासतमा रहनेछन् भने अस्विकार गरेमा रिहा हुनेछन् ।

दोहोरो नागरिकता प्रकरणमा उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीको आधारमा पक्राउ गरेको हो । प्रहरीकै अनुरोधमा मंगलबार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर