बालबालिकालाई ओलीले भने- ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ बनाऔं

बालबालिकालाई ओलीले भने- ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ बनाऔं

९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ आफूमा सानैदेखि रहेको बताउनुभएको छ।

मंगलबार गृह जिल्ला झापाको सुरुंगामा आयोजित ‘बासँग बालबालिका कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अभिभावको ओहोदा र मर्यादाबाट नभएर आफ्नै संघर्षले अघि बढेको मानिस भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘तपाईहरु जत्तिक्कै ट्यालेन्ट थिएँ भन्ने दाबी गर्दिनँ, तर मसँग आत्मविश्वास चाहिँ थियो म केही गर्न सक्छु, गर्नुपर्छ भन्ने थियो, मलाई अभिभावको प्रतिष्ठा, सम्पत्ति र ओहोदाले कहिल्यै मद्दत गरेको होइन, बिना पैसा, बिना अभिभावको ओहोदा, मर्यादा, आफ्नो संघर्षबाट अगाडि बढेको थियो, म आफ्नै प्रयासले अघि बढेँ।’

अध्यक्ष ओलीले घैलाडोबा हाइस्कूलबाट एसएलसी पास गरेपछि क्याम्पस छोडेर देशमा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्य लिएर अघि बढेको बताउनुभयो। ५४ वर्ष अगाडि देशमा परिवर्तन ल्याउनुपर्छ, राम्रो मनले मात्रै हुने रहेनछ, राम्रो विचारले मात्रै पनि हुने रहनेछ, राम्रो मन र विचार दबाइने रहेछ त्यसकारण राम्रो विचारलाई सफल बनाउनका लागि संघर्ष गर्नपर्ने रहेछ भन्ने बुझेपछि आफू संघर्षको मैदानमा लागेको उहाँले स्मरण गर्नुभयो।

इमान्दारीसाथ अगाडि बढेकै कारण देशमा परिवर्तन गर्दै अघि बढेर आज यस ठाउँमा आफू आइपुगेको अध्यक्ष ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘मैले जानेको सफलता इमान्दारीतामा निर्भर गर्दछ, सफलता इमान्दारीमा लुकेको हुन्छ, इमान्दारीतासाथ अध्ययन गर्ने विद्यार्थी सफल हुन्छ असफल हुन सक्दैन, इमान्दारीतासाथ खेल्ने खेलाडी सफल हुन्छ, इमान्दारीतासाथ जसले जुन काम गर्छ सफल हुन्छ।’

गीत संगीत आफूलाई निक्कै मन पर्ने भएपनि त्यो प्रस्तुत गर्ने क्षमता आफूमा नरहेको अध्यक्ष ओलीले सुनाउनुभयो। ‘मैले त्यसमा प्राइमेरी लेभल पनि पास गर्न सक्ने थिइनँ होला’ उहाँले भन्नुभयो।

सही र आफूलाई उपयुक्त हुने विषय छानेर अघि बढ्न अध्यक्ष ओलीले बालबालिकालाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘तपाइँहरु सबैमा क्षमता छ, तर तपाइँको विशेष क्षमता के मा छ ? त्यो क्षमता पहिचान गर्नुस्, हाम्रो रगतमा पुर्खाको जीन छ जसले ज्ञानको सुरुआत, विज्ञानको सुरुआत, सही विषय छान्नुस्, त्यसमा तपाइँ सफल हुनुहुन्छ।’

मदरगासका चौरीमा खेल्ने, सुरुंगा हाइस्कूलको फुटबल मैदान, शनिश्वरे लगायत ठाउँमा आफूले खेलेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो। सानो बेलामा आफूसँग फुटबल खेल्न जुत्ता, स्कूल जाँदा जुत्ता–चप्पल केही नरहेको उहाँले स्मरण गर्नुभयो । सानैदेखि आफूलाई घरको काम गर्न मन लाग्ने अध्यक्ष ओलीले बताउनुभयो।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270