४ जेठ । काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ ।
प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये शुक्रबार काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो ।
अर्काेतर्फको सुरुङमार्गको छिट्टै ‘ब्रेक थ्रु’ हुने नेपाली सेनाले जनाएको छ ।
यो सुरुङमार्गको लम्बाई १,६३३ मिटर रहेको छ । आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन छ ।