सगरमाथाको चौथो क्याम्पसम्म बन्यो बाटो

सगरमाथाको चौथो क्याम्पसम्म बन्यो बाटो

१६ वैशाख । सगरमाथाको चौथो क्याम्पसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा, ल्होत्सेलगायत हिमालको आरोहण सहज बनाउन डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण संघ नेपालको व्यवस्थापनमा सेभेन समिटले पाएको थियो ।

क्याम्प २ देखि चुचुरोसम्म बाटो बनाउन खटिएको टोली अपरान्ह २ बजेर २० मिनेटमा चौथो क्याम्प (साउथ कोल) पुगेको विभागले जनाएको छ । अब साउथ कोल (७,९५० मिटर) सम्म बाटो खुला भएको छ ।

सगरमाथा आधार शिविरमा अहिले आरोही र उनीहरुको सहयोगीहरू पुग्ने क्रम जारी छ ।

विभागको पछिल्लो तथ्यांक अनुसार यस सिजनका लागि कुल ९५ टोलीका ८६१ जना आरोहीले २७ वटा हिमाल आरोहण गर्न अनुमति लिएका छन् । यसमध्ये सगरमाथामा ३७ टोलीका ३९० जनाले अनुमति लिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर