१ वैशाख, काठमाण्डौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा रोक्न लगाईएको लकडाउनका कारण नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सीमित हुन सक्ने विश्वबैंकले अनुमान गरेको छ ।
विश्व बैंकले हालैमात्र दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा नेपालको भावी अर्थतन्त्र अवस्था बारे यस्तो उल्लेख गरेकको छ । कोरोना संक्रमणको अप्रत्यासित महामारीका कारण अर्थतन्त्र खस्कने अनुमान विश्व बैंकले गरेको हो ।
उसले नेपालको चालू आ.व.को वृद्धिदर १.५ देखि २.८ प्रतिशतका बचिमा मात्र रहने प्रक्षेपण गरेको छ । न्यून रेमिट्यान्स, व्यापार र पर्यटन ठप्प, अन्तरदेशीय आवागमनमा लागेको रोकका कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट उत्पन्न हुने अनुमान गरिएको छ ।
अत्यावश्यक वस्तु बाहेकको आयात समेत रोकिँदा एकातिर सरकारी खर्च बढ्दै जाने छ भने अर्काेतिर राजस्व संकलन न्यून हुने र सरकारको बजेट घाटा बढ्दै जाने बैंकले अनुमान गरेको छ । यो वर्ष नेपालमा सरकारी खर्च ६ प्रतिशतले बढ्ने र निजी खर्च १.५ प्रतिशतले घट्ने प्रक्षेपण बैंकको छ । त्यस्तै, वर्षभर देशमा पुँजीगत लगानी ८ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ ।