संञ्चारमाध्यमले भोग्नुपरेका समस्याको बारेमा सरकार जानकार छः संञ्चारमन्त्री खतिवडा

संञ्चारमाध्यमले भोग्नुपरेका समस्याको बारेमा सरकार जानकार छः संञ्चारमन्त्री खतिवडा

३० चैत्र, काठमाडौं । विगत तिन साता देखी जारी लकडाउनका कारण संञ्चारमाध्यमले भोग्नु परेको समस्याको बारेमा सरकार जानकार रहेको अर्थ एंवम् संञ्चार तथा सुचना प्रविधीमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले हाल सञ्चारमाध्यमले भोग्नुपरेका समस्या हल गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो ।

आज मिडिया सोसाइटीद्धारा हस्तान्तरीत ज्ञापनपत्र बुुझनुुहुदैं उहाँले जारी लकडाउनका कारण व्यवसायीले झेल्नुपरेका समस्यालाई ध्यानमा राखेर सरकारले व्यवसाय निरन्तरताका लागि सघाउने पनि बताउनुुभयो । लकडाउनका कारण हाल समग्र देशको अर्थतन्त्रमा नै गिरावट आएका हुनाले सरकारले व्यवसायीहरुलाई राहत दिने विषयमा केही निर्णय गर्ने उहाँले आश्वस्त पार्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर