जर्मन च्याम्पियन लेभरकुसेन युरोपा लिगको सेमिफाइनलमा

जर्मन च्याम्पियन लेभरकुसेन युरोपा लिगको सेमिफाइनलमा

७ वैशाख । जर्मन च्याम्पियन लेभरकुसेन युरोपा लिगको सेमिफाइनलमा पुगेको छ।

इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडलाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै लेभरकुसेन अन्तिम चारमा पुगेको हो।

घरेलु मैदानमा भएको कार्टरफाइनलको पहिलो लेगमा लेभरकुसेन २-० ले विजयी भएको थियो।

लन्डन स्टेडियममा बुधबार सम्पन्न दोस्रो लेगमा वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा रोक्दै लेभरकुसेन सेमिफाइनलमा पुगेको हो।

खेलको १३औँ मिनेटमा वेस्ट ह्यामका माइकल एन्टोनियोले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। उनले जारोड बोवेनको पासमा गोल गरे।

निर्धारित ९० मिनेटको समय सकिँन एक मिनेट बाँकी रहँदा जेरेमी फ्रिमपोङले गोल गर्दै लेभरकुसेनलाई खेलमा फर्काए। उनले जेसिप स्टानिसिकको पासमा गोल गरेका थिए।

प्रतिक्रिया:

सम्बन्धित खवर