कारवाहीको नयाँ शैली, काम विना नै घरबाहिर निस्कनेलाई सडकमै दुई घण्टा उभ्याईदै

कारवाहीको नयाँ शैली, काम विना नै घरबाहिर निस्कनेलाई सडकमै दुई घण्टा उभ्याईदै

३० चैत्र, झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन बढेपछि झापामा प्रहरीले सडकमै २ घण्टा उभ्याएर कारवाही ष्र्न सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यलय झापाका अनुसार जिल्लाका मुख्य शहरबजारहरु दमक, झिलझिले, काकरभिट्टा, गौरीगञ्ज, कन्काई, बिर्तामोड, मेचीनगर, भद्रपुर लगायतको स्थानमा चेकजाँचको क्रममा लकडाउन उल्लंघन गर्नेलाई तिन मिटरको दूरीमा कायम गरेर कारवाही गर्न थालेको हो ।

अत्यावश्यक कामबाहेक विभिन्न बहाना देखाएर घरबाहिर निस्कने क्रम बढेपछि प्रहरीले कारवाहीको नयाँ शैली अपनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो । लकडाउन भरी यो अभियान जारी राखिने पनि उहाँले वताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर