बिना जानकारी विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन

बिना जानकारी विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन

३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् ।

उनले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने बताए ।

‘प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ । पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई नभने पनि हुन्छ’, ओलीले भने, ‘आफैँले गल्ती गरेपछि आफै सावधान रहनु ।’

उनले त्यसबाट जोगिनका लागि पार्टीसँग परामर्श गर्नुपर्ने भन्दै उनले जान नहुने परिस्थिति र कार्यक्रममा नजान भनेर पार्टीले भन्न सक्ने बताए । उनले ठगहरूबाट जोगिनुपर्ने भन्दै माननीय नै ठगिएको भन्ने समाचार राम्रो नहुने पनि बताए । अध्यक्ष ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन सहयोग गर्न समेत आसपासका सांसदहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर